हिमालयन बैंकको सेयर लिलामी खुल्यो
हिमालयन
बैंक लिमिटेडले हकप्रदमा नबिकेको एक लाख ४५ हजार ५ सय ८० कित्ता साधारण सेयर
लिलामीमा राखको छ । ईच्छुक लगानीकर्ताले चैत्र १६ गतेसम्ममा बैंकको लिलामीको
सेयरमा आवेदन गर्न पाउनेछन् ।
हिमालयनले
गत कात्तिक २६ देखि मंसिर ३० सम्मसात अनुपात एक कित्ताको दरले कुल ६४ लाख २७ हजार
तीन सय ५० कित्ता सेयर हकप्रद निष्काशन गरेको थियो । हकप्रदमा नबिकेको एक लाख ४५
हजार कित्ता सेयरको लिलामी खोलेको हो ।
बैंकको
शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल
तथा हिमालयन बैंकको कमलादी शाखा बाहेक सबै शाखा कार्यालय मार्फत हकप्रद सेयरमा
आवेदन गर्न सकिने छ । ईचछुक लगानीकर्ताले लिलामीको सेयरमा चैत्र १६ गतेसम्म आवेदन
गर्न सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ ।
लगानीकर्ता
प्रतिकित्ता न्यूनतम सय रुपैयाँका दरले कम्तिमा एक सय कित्ता तथा बढी सबै कित्ताका
लागि आवेदन गर्न सक्नेछन् ।
गत
अर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनस बितरण गरेको बैंकले हकप्रद बिक्री गरेर
चुक्ता पूँजी ६ अर्ब ४७ करोड रुपैंयाँ पुर्याएको छ । दोस्रो त्रैमास अर्थात पुष
मसान्तसम्ममा बैंकले एक अर्ब दुई करोड खुद नाफा कमाएको थियो ।हाल हिमालयनको
सेयरबजारमा ९६० रुपैयाँको हाराहारीमा सेयर किनबेच भईरहेको छ ।

No comments