Add

Add

व्यापार घाटा ८ खर्ब नाघ्ने

तीव्र रूपमा आयात बढेसँगै यो वर्ष कुल व्यापार घाटा ८ खर्ब रुपैयाँ नाघ्ने देखिएको छ । खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
चालु आर्थिक वर्षको पहिलो ७ महिनाको तथ्यांकका आधारमा वार्षिक व्यापारघाटा ८ खर्ब नाघ्ने आकलन गरिएको हो । अनुमानअनुसारै व्यापार घाटा बढे त्यो हालसम्मकै सबैभन्दा बढी हुनेछ ।
सात महिनामै व्यापार घाटा सवा ५ खर्ब रुपैयाँ पुगेको छ । यसअनुसार मासिक घाटा करिब ७१ अर्ब रुपैयाँ छ । यही रफ्तारमा व्यापार भइरहे सहजै ८ खर्ब नाघ्ने विज्ञहरूको भनाइ छ ।
गत आर्थिक वर्ष नेपालको कुल व्यापार घाटा ७ खर्ब ३ अर्ब ४८ करोड रुपैयाँ थियो  । रेमिट्यान्स आप्रवाह पनि बढिरहेकै छ, विदेशी सहायता पनि आइरहकै छ । यसले मुलुकभित्र माग कम हुने देखिँदैन, देशभित्र उत्पादन नभएपछि आयात घट्दैन र त्यसले घाटा पनि बढाइरहन्छ विज्ञहरु बताउछन्
पुनर्निर्माणले गति लिने र सरकारले पुँजीगत खर्च पनि बढाउने हो भने घाटा ९ खर्बसम्म पुग्ने आकलन अर्थविधहरूको छ । हालसम्म २२ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ। पुनर्निर्माणको दोस्रो किस्ता वितरण बढ्न गयो भने यसले पनि माग बढाउनेछ ।

रेमिट्यान्सले माग बढाउँदै लगेको तर सोहीअनुसार आयात प्रतिस्थापन र निर्यात बढाउन सक्ने उत्पादन नहुँदा व्यापार घाटा चुलिँदै गएको हो । पछिल्लो १० वर्ष व्यापार घाटा ८ गुणा बढेको हो।

No comments

Powered by Blogger.