Add

Add

अनुगमनमा न्युन गुणस्तरका होटेल बढी भेटीए

गतहप्ता मकवानपुरका विभिन्न होटलहरुको अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुर, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यलय हेटौंडा तथा विभिन्न संघ सस्थाहरु प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले होटलहरुको अनुगमन गरेको थियो। अनुगमन गरिएको होटलहरु मध्ये प्राय होटलहरु न्युन गुणस्तरका भेटिएको थियो।
होटलहरुमा फोहर, गुणस्तरहिन पिउने पानी,अव्यवस्थित खाना बनाउने ठाउँ लगाएतका समस्या देखिएको थियो। अनुगमनका क्रममा न्युन गुणस्तर र खराव स्तरका होटललाई तिन दिन भित्र सुधार गर्न र सुधार नगरे कारवाही गर्ने चेतावनी समेत दीइएको छ ।

अनुगमनका क्रममा राजमार्गका होटलहरुमा गुण्स्तर अनुसार खराब स्तर, न्युन स्तर, मध्यम स्तर र उत्तम स्तर छुट्याएर स्टिकर समेत टाँस गरीएको छ । 

No comments

Powered by Blogger.