कोरिया भाषा परीक्षाको आवेदन खुल्यो
कोरिया भाषा परीक्षाको आवेदन खुल्यो
सबैभन्दा आकर्षक
रोजगार गन्तब्य कोरिया जानको लागि पास गर्नुपर्ने भाषा परीक्षा जेठ २७ र २८ गते
हुने भएको छ।यो भाषा परीक्षामा सहभागी हुन चैत ९ गतेदेखि १८ गतेसम्म फाराम
भर्नुपर्नेछ।
वैदेशिक रोजगार विभाग इपिएस शाखाले गत मंगलबार सार्वजनिक सूचना जारी गर्दै परीक्षा र भाषा परीक्षाको आवेदन बारे जानकारी दिएको हो।शाखाका अनुसार आवेदकले अनलार्इनमार्फत फाराम भर्न पाउनेछ।विभागका अनुसार अर्को वर्षका लागि १० हजार २ सय नेपाली कामदार कोरिया जाँदैछन्।विभागका अनुसार चार हजार उत्पादनमूलक क्षेत्र र ६ हजार २ सय कृषि क्षेत्रमा कामदारको माग भएको छ। भाषा परीक्षामा सहभागी हुन १८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेको हुनुपर्छ।आवेदन फाराम भर्नु एक दिनअघि बैंकमा शुल्क बुझाउनुपर्छ। ग्लोबल आइएमर्इ बैंकमा गएर २४ अमेरिकी डलर बराबरको रकम तिरेपछि अनलाइनमा फाराम भर्नुपर्नेछ।

No comments