खुल्दैछ २३ अर्ब भन्दा बढीको शेयर
खुल्दैछ
२३ अर्ब भन्दा बढीको शेयर
बजारमा
केही महिना भित्रैमा २३ अर्ब भन्दा बढीको हकप्रद शेयर आउने भएको छ । बैंक, विकास
बैंक, फाइनान्स, जलविद्युत तथा बीमा कम्पनीहरुको २३ अर्ब ६ करोड
११ लाख ८८ करोड २६ रुपैयाँ बराबरको शेयर आउन लागेको हो ।
सानिमा
बैंक लिमिटेडले १० बराबर ३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ ।
नेपाल धितो पत्र बोर्डले बैंकलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ ।
बोर्डले अनुमति दिएसँगै बैंकको हकप्रद आउने लगभग निश्चित भएको छ ।
हकप्रद
निष्काशनको लागि बैंकले यसअघि नै सिबिआईएल क्यापिटल लिमिटेडलाई शेयर निष्काशन
बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ५९
लाख १७ हजार ६१७ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
लक्ष्मी
बैंकले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशन अनुमति पाएको छ । बैंकले तीन
अर्ब १५ करोड ९० लाख ३० हजार रुपैयाँको हकप्रद शेयर निष्काशन अनुमति पाएको हो
।बैंकले प्रति शेयर १०० रुपैयाँ अंकित दरका तीन करोड १५ लाख ९० हजार कित्ता हकप्रद
शेयर निष्काशन गर्दै छ ।
गत
सातामात्रै एनआईसी एशिया बैंकले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र
बोर्डबाट अनुमति प्राप्त गरेको छ । १५ प्रतिशत हकप्रद निष्काशनको माग गर्दै
बोर्डमा आवेदन दिएको बैंकले बोर्डबाट अनुमति पाएसँगै बैंकलाई
शेयर निष्काशनको लागि बाटो खुल्ला भएको छ ।
बैंकले
८७ लाख १९ हजार ४७५ कित्ता अर्थात चुक्तापूँजीको १५ प्रतिशत हकप्रद निष्काशन गर्न
लागेको हो । एनआईशी एसियासँगै बोर्डबाट हकप्रद निष्काशनको लागि अन्य आठ कम्पनीले
पनि अनुमति प्राप्त गरिसकेका छन् ।
मिसन डेभलपमेन्ट बैंकको १ बराबर १ अनुपादको हकप्रद चैत ३ गतेदेखि
निष्काशन तथा विक्रि खुल्ला हुने भएको छ ।१०० रुपैयाँ अंकित मुल्यमा १९ करोड ४९
लाख २ हजार ५ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकको हकप्रद शेयर निष्काशन
तथा बिक्री प्रबन्धकमा भिबोर क्यापिटल लिमिटेडले रहेको छ । उक्त हकप्रद शेयरमा
वैशाख ६ गतेसम्म आवेदन दिन सकिने छ ।
कुमारी बैंक लिमिटेटले २ बराबर १ अनुपात अर्थात् ५० प्रतिशत
हकप्रद हकप्रद चैत ६ गतेबाट निष्काशन हुने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरले
१ करोड ३४ लाख ९५ हजार ८ सय ३३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हाल २
अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको २ बराबर १ अनुपातको हकप्रद
वितरणपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ४ करोड रुपैयाँ पुग्नेछ ।
मेगा
बैंकसँग मर्जमा जान लागेको टुरिजम्
डेभलपमेन्ट बैंकले
पनि शेयरधनीलाई एक बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्दैछ । बैंकको हकप्रदमा
शेयरधनीले चैत १३ बाट आवेदन दिन सक्नेछन् ।
नेरुडे लघुवित्त विकास बैंकले २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत
हकप्रद शेयर निष्काशन चैत १४ गतेबाट खुल्ला हुने भएको छ । कम्पनीले १०० रुपैयाँ
अंकितदरको ९ लाख कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले जारी गरेको
उक्त हकप्रद शेयरमा लगानीकर्ताले वैशाख १७ गतेसम्म आवेदन दिनसक्नेछन् ।
त्यस्तै
राष्ट्रियस्तरको डिप्रोक्स
लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई शतप्रतिशत अर्थात १ बराबर १ को
अनुपातमा हकप्रद शेयर दिने भएको छ । २५ करोड ७९ लाख रुपैयाँ चुक्तापूँजी रहेको
कम्पनीको हकप्रद शेयर वितरण पश्चात चुक्ता पूँजी ५१ करोड ५८ लाख रुपैयाँ नाघ्नेछ ।
नेपाल बंगलादेश बैंकले पनि ८० प्रतिशत अर्थात १० कित्ता बराबर ८
कित्ताको अनुपातले हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले प्रति कित्ता १०० रुपैयाँका अंकित मूल्यको ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८
सय ८० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद शेयरको निष्काशन
गर्न लागेको हो । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई
क्यापिटल रहेको छ ।
नेपाल
धितोपत्र बोर्डबाट सिटिजन्स
बैंक इन्टरनेशनल लिमिटेड र प्रभु इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न अनुमति पाएका छन् ।
बोर्डले सिटिजन्स बैंकलाई २५ प्रतिशत र प्रभु इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद
जारी गर्ने अनुमति दिएको हो ।

No comments