Add

Add

ग्यासको मूल्य वृद्धि

ग्यासको मूल्य वृद्धि 

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ।अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेको भन्दै निगमले यहाँ मूल्य बढाएको हो। इण्डियन आयल कर्पोरेशन(आइओसी)ले मार्चमा पठाएको मूल्य अनुसार निगमलार्इ एक सिलिण्डर ग्यासमा ३ सय १३ रुपैयाँ नोक्सानी थियो।यही आधारमा निगमले ग्यासको मूल्य बढाएर १३ सय ७५ रुपैयाँ पुर्याएको छ। निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ।अन्तर्राष्ट्रिय बजारमा ग्यासको भाउ उकालो लागेको छ।जाडोयाममा बढ्ने ग्यासको भाउ यो पटक भने गर्मीमा बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा जाडोयाममा ग्यासको माग बढ्ने भएकोले मूल्य बढ्ने गर्थ्यो।आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमको मासिक घाटा ४१ करोड थियो।ग्यासको मूल्य बढाएपछि निगमको घाटा घटेर ३९ करोडमा पुगेको निगमका प्रवक्ता सिताराम पोखरेलले बताए।



No comments

Powered by Blogger.