५३ भुकम्प पिडीतको घर निर्माण सुरु
मकवानपुरका भुकम्प पिडीतहरु मध्य
५३ भूकम्प पिडितहरुको घर निर्माण सुरु गरिसकीएकाले दोस्रो किस्ताको रकम दिनका लागि
चेक तयार भईसकेको बताईएको छ । ईन्सेक मकवानपुरको आयोजनामा भुकम्प पिडीतको पुनर्स्थापना
र अवसर बारे हेटौडामा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समिति
मकवानपुरका योजना अधिकृतले यसबारे जानकारी दिनुभएको थियो।
दोस्रो किस्ताको रकम बितरण
गर्नका लागि केही प्राविधिक समस्याका कारण अल्झिएकाले अब यो काम निरन्तर रुपमा
संचालन हुने समेत जानकारी दिनु भएको थियो। मकवानपुरमा भुकम्प पिडीतहरु ३० हजार जना
लाभग्राहीहरु मध्यमा १९ हजार १९ जनासंग पहिलो किस्ताको लागि संझौता भएर काम अगाढी
बढेको उहाँको भनाई रहेको थियो।
सरकारी निकायले दोस्रो किस्ताको
रकम बितरण गर्न ढिलाई गरिरहँदा गैरसरकारी संस्थाका तर्फबाट भने टियर फन्टको
सहयोगमा राडो नेपाल मकवानपुरले भने ३ सय ११ वटा घर निर्माण गरेर भुकम्प पिडीतलाई
हस्तान्तरण समेत गरेको छ । अरु धेरै घरहरु असार सम्ममा निर्माण गरेर पिडीतलाई
हस्तान्तरण गरिने राडो नेपाल मकवानपुरका अध्यक्षले बताउनुभएको थियो ।साथै भुकम्प
प्रतिरोधि घर निर्माण गर्नका लागि ७ सय १२ जनालाई तालिम दिएर घर निर्माण गर्ने
काममा खटाएको अध्यक्ष जानकारी प्राप्त भएको छ
कार्यक्रममा सहभागि भएका
मकवानपुरका भुकम्प पीडितहरुले राज्यले बेलाबेलामा नीति परिवर्तन गर्दा आफुहरुलाई
समस्या भएको बताएका थिए। पहिले किस्ता सम्झौता गर्दा ब्लकको घर निर्माण गर्दा समेत
हुन्छ भनेको तर अहिले हुन्न भनेपछि आफुहरु मारमा परेको उनीहरुको भनाई रहेको थियो।

No comments