Add

Add

निकासीजन्य उद्योगमा दक्ष मजदुरको अभाव

अधिकांश निकासीजन्य उद्योगमा मजदुर अभाव छ । देशको निर्यात व्यापार घट्दै जाँदा मजदुर अभावले निकासीजन्य उद्योग थप समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली वस्तु महँगो हुनुमा मजदुर अभाव, बन्द हड्ताल र नाकाबन्दी कारक हुन् । एकातिर देशबाट बाहिरिने जनसंख्या बढिरहेको छ भने अर्कातिर नेपालमै रोजगारीका अवसर हुँदाहुँदै पनि उद्योगले मजदुर पाउन सकेका छैनन् ।
युवाहरू विदेश जाने क्रम बढेपछि देशमै राजगारी सिर्जना गर्न र औद्योगिक विकास गर्न लगानीमैत्री वातावरण बनाउनुपर्ने बताउँदै उधोग मन्त्रालयले चालू वर्षको बजेटले निजी क्षेत्रको सहयोगमा ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताएको छ ।
रोजगारी बढाउन औद्योगिक गतिविधि बढाउदै लानु पर्ने तर सञ्चालित उद्योगमा पर्याप्त दक्ष जनशक्ति अभावले उत्पादनमा समस्या देखिएको छ मन्त्रालयको दाबि गरेको छ ।
रेमिट्यान्सबाट देश धेरै समय चल्न नसक्ने भएकाले सरकारको ध्यान स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने व्यवसायीहरु बताउँछन् । नेपालबाट निर्यात हुने सामग्रीमध्ये तयारी पोशाक पर्याप्त सम्भावना भएको क्षेत्र हो । नीतिगत सुधारले समग्र देशको व्यापारमै वृद्धि हुन सक्छ भने नियामक निकायमा बस्नेहरूले त्यता ध्यान दिनु जरुरी भएको साथै अहिले जति पनि उच्च सीप खाले काममा भारतीय नागरिक संलग्न रहेको पनि व्यवसायीहरुको भनाई रहेको छ ।

विभिन्न समयमा भएका राजनीतिक आन्दोलन, सरकारको अस्थिरता तथा उदासिनताले हेटौंडा टेक्सटाइल, बालाजु कपडा उद्योग, विराटनगर जुट मिल, बुटवलको धागो कारखाना, चुरोट कारखानालगायत उद्योगहरू बन्द भएका छन् ।यी क्षेत्रमा रोजगारी पाएका मजदुरहरूले पनि मजदुरी गुमाउनुका साथै यो क्षेत्रमा लाग्ने धेरैजसो मानिसहरू विदेशिन बाध्य भएका छन् । विदेशमा काम जस्तोसुकै काम गर्न पनि तयार हुने तर नेपालमा काम गर्न इच्छुक नहुँदा पनि उद्योगले मजदुर नपाएका हुन् ।

No comments

Powered by Blogger.