Add

Add

घट्यो विधुत माग

मुलुकभर नै विद्युतको माग अप्रत्यासित रुपमा कमी आएको छ । नेपाल विद्युत् प्राधिकरणले नियमित रुपमा विद्युत् उपलब्ध गराउन थालेपछि विद्युत् मागमा समेत अप्रत्यासित रुपमा कमी आएको छ ।तर भौतिक पूर्वाधार निर्माण तथा वितरण प्रणालीमा भने प्राधिकरणले ध्यान दिन सकेको छैन । जसका कारण विद्युत् आपूर्ति नियमित भएपनि अवरुद्ध हुने, भोल्टेजमा समस्या जस्ता समस्या पनि सँग सँगै देखा परेको छ ।
प्राधिकरणले यो सुख्खायाममा माग बढेर १ हजार ६५०  मेगावाट सम्म पुग्ने अनुमान गरेको थियो । तर अनुमान गरेअनुसार भने विद्युत् माग नबढेको बताइएको छ । पछिल्लो समय विद्युत् माग घटेर १ हजार २४० मेगावाट मात्र माग रहेको प्राधिकरणले जनाएको छ ।
लोडसेडिङ हटेपछि बिजुलीको मागमा पनि कमी आएको विद्युत प्राधिकरणले जानकारी दिएको छ । उपभोक्ताको पनि साथ र सहयोग पाइएको छ, त्यसले प्रणालीलाई स्थिर राख्न सहयोग पुगिरहेको भएता पनि प्रणालीमा अझै ३३० मेगावाट विद्युत् भने अपूग रहँदै आएको छ ।
 प्राधिकरणका अनुसार हाल ९२२ मेगावाटसम्म बिजुली आपूर्ति भइरहेको छ । जसअनुसार विद्युत प्राधिकरणका आयोजनाबाट ३८४, निजी उत्पादकबाट १४१, भारतबाट ३८७ मेगावाट आयात भइरहेको छ । यस्तै प्राधिकरणले माध्यमिक शिक्षा परीक्षाका लागि हेटौंडामा रहेको डिजल प्लान्ट सञ्चालन साँझको पिक आवरमा चलाइररहेको छ । सो प्लान्टबाट १० मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

प्राधिकरणले माध्यमिक शिक्षा परीक्षालाई लक्षित गरी देशभर लोडलेसेडिङ हटाएकोमा परीक्षापछि पनि यसलाई निरन्तरता दिने गरी तयारी गरिएको छ । मुलुकको  एकमात्र जलासययुक्त आयोजना कुलेखानीले पनि लोडसेडिङमुक्त अभियानलाई सहयोग गर्दै आएको छ ।

No comments

Powered by Blogger.