सेयरधनीको स्वामित्व सीमा दुई प्रतिशत कायम
अब एउटै परिवारका
सदस्यहरुले पनि बैंक तथा वित्तीय संस्थाहरुको सेयर १५ प्रतिशतभन्दा माथि राख्न
पाउने भएका छन्। अंशबण्डालाई बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले आधिकारिकता
दिएपछि एकै परिवारका सदस्यहरुमा १५ प्रतिशतभन्दा बढि सेयर कानुनी रुपमै राख्न
पाउने बाटो खुलेको हो।
पहिलेको ब्यवस्था अनुसार, अंशवण्डा भइ छुट्टिए पनि एउटा परिवारका सम्पूर्ण सदस्यहरुले बढिमा १५ प्रतिशतसम्म सेयर राख्न पाउँथे। अब अंशवण्डा गरी मानो छुट्टिई आ–आफ्नो पेशा व्यवसाय गरी बसेको परिवारका सदस्यले जनही १५ प्रतिशतसम्म सेयर स्वामित्व लिन पाउने भएका हुन्।
संसदबाट पारित भइसकेको यो विधेयक भने राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक लागू हुनेछ ।

नयाँ ऐनमा उल्लेखित
स्वामित्वको सीमा पनि घटाइएको छ। यसअघि “उल्लेख्य स्वामित्व” मा कुनै व्यक्ति वा संस्थाले एक्लै वा अन्य व्यक्ति वा
संस्थासँग मिली संयुक्त रुपमा कुनै बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको १०
प्रतिशत वा सोभन्दा बढी शेयर लिएको वा शेयर स्वामित्वका कारण बैंक वा वित्तीय
संस्थाको व्यवस्थापनमा प्रभाव पार्न सक्ने अवस्था सम्झनु पर्ने व्यवस्था थियो।
अहिले यो सीमा दुई प्रतिशतमा झारिएको छ।

No comments