Add

Add

अल्पाइन अब सेंचुरीमा गाभिने

हेटौंडामा मुख्य कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंक अब सेन्चुरी कमर्सियल बैंकमा गाभिने भएको छ । यस सम्बन्धि सम्झौता पत्रमा अल्पाइन डेभलपमेन्ट बैंक लि.का अध्यक्ष सुदर्शन प्रसाद अधिकारी तथा सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेश श्रेष्ट बीच गत शुक्रबार हस्ताक्षर भएको थियो । यस अघि सेन्चुरी कमर्सियल बैंकमा अरनिको विकास बैंक, इनोभेटिभ डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्स लि. गाभिने सम्झौता भैसकेको छ ।
अब अल्पाइन डेभलपमेन्ट बैंक समेतको पूँजी गरि सेन्चुरी कमर्सियल बैंकलाई नेपाल राष्ट्र बैंकका निर्देशन बमोजिम रु. ८ अर्ब चुक्ता पूँजी पुग्ने भएको छ ।यसैगरी सबै सँस्थाहरुको प्राप्ति पछि बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुनेछन् । अल्पाइन डेभलपमेन्टको भने हाल १५ वटा शाखा सञ्चालनमा रहेका छन् ।

सेञ्चुरीको चालू आवको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख रहेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २ सय १ प्रतिशतले वृद्धि भएको छ । हाल बैंकको चुक्ता पूँजी रु. ३.६८ अर्व रहेको छ । त्यसैगरी, चालु आवको दोस्रो त्रैमासमा बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी रु. २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ ।

No comments

Powered by Blogger.