Add

Add

उपभोक्ता सजग हुनुपर्ने


आफूले खरिद गर्ने वस्तु वा सेवाको गुणस्तर सम्बन्धमा उपभोक्ता आफैं सजग हुनुपर्दछ अन्यथा ठगिनु पर्ने अवस्था रहिरहन्छ । कुनै पनि खाध पदार्थ उत्पादन भएको दिनबाट एउटा निश्चित अवधिसम्ममा उपभोग गरिसक्नु पर्दछ अन्यथा त्यस वस्तुको गुणस्तर नाश भई सकेको हुन्छ र म्याद नाघेको खाध पदार्थ खाएमा त्यसले खराबी गर्दछ । प्याकिङ्ग गरिएको वस्तुहरुमा सरकारले उत्पादनकर्ताहरुलाई प्याकेटमा अनिवार्य रुपमा उत्पादन मिति, प्रयोग गर्ने अन्तिम मिति र अधिकतम मूल्य राख्न लगाएको हुन्छ । यस्ता प्याकेटका वस्तु खरिद गर्दा म्याद नाघेको छ वा छैन भनी उपभोक्ताले जाँचेर मात्र वस्तु खरिद गर्नु पर्दछ । प्याकेटमा लेखेको अधिकतम मूल्य भन्दा बढी मूल्य विक्रिकर्ताले लिएको हो की ? भनी पनि सजग हुनु जरुरी छ । वास्तवमा अधिकतम मूल्य वस्तुको वास्तविक विक्री मूल्य होइन तसर्थ अधिकतम मूल्य विक्रेताले माग गरेको छ भने मूल्य घटाउन वार्गेनिङ्ग पनि गर्नु पर्दछ । केहि डिपार्टमेन्ट स्टोर्सहरुमा अधिकतम मूल्य भन्दा केहि कम मूल्य कायम गरि वस्तुहरु विक्री हुने गरेकाछन् । खुला रुपमा विक्री हुने गरेका वस्तुहरुको म्याद नाघेको वा ननाघेको भनेर उपभोक्ताहरुलाई थाहा हुँदैन । तसर्थ भरसक प्याकिङ्ग गरिएका वस्तुहरु खरिद गरि उपभोग गर्नु राम्रो हुन्छ । विशेष गरि चाडै विग्रने खुला रुपमा विक्री गरिने मिठाईहरू कति पुराना हुन भन्ने कुरा यकिन गर्न सकिदैन । यस्तोमा आज बनाएको वा ताजा मिठाई कुन हो भनी पसलेसंग केरकार खरिद गर्नुपर्ने स्थिति आउँछ । औषधिको अधिकतम खुद्रा मूल्य केहि उच्च रहने भएकाले विक्रेता आफैंले चिनेका वा नियमित ग्राहकहरुलाई ५-७ प्रतिशतसम्म छुट गरेर विक्री गर्ने गर्दछन् । तसर्थ औषधि खरिद गर्दा छुटको माग गर्नु उपयुक्त हुन्छ । प्राय जसो औषधिहरु भारतीय हुने भएकाले अंकित मूल्यमा १.६ ले गुणन गरेर नेपाली मूल्य निकाल्ने हुन्छ तर कुनै कुनै बेला नेपाली उत्पादनका औषधिमा पनि पसलेले बिर्सेर र ठग्ने नियतले १.६ ले गुणन गरि मूल्य असुली रहेका हुन्छन् । उपभोक्ता आफैं सजग हुन जरुरी छ । 



No comments

Powered by Blogger.