Add

Add

महंगीदै दशैं


सिमित आयका कारण वर्षभरी मुठ्ठी कसेका उपभोक्ताहरु दशैंमा इच्छा र गच्छे अनुसार खर्च गर्ने गर्दछन् । यसैबेला वस्तुको माग बढ्ने हुँदा उत्पादनकर्ता र व्यापारी पनि बढी भन्दा बढी सामान विक्री गर्न चाहन्छन् । यस क्रममा कम गुणस्तरको वस्तु विक्री गर्ने र आपूर्ति कम भएको भन्दै मूल्य वृद्धि पनि गरिरहेका हुन्छन् । सरकारी क्षेत्रबाट पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण हेटौंडा-काठमाडौंको सुमो भदा रु.४०० बाट बढेर रु. ४५० पुगेको छ । त्यस्तै, चिनी आयातमा सरकारले परिणात्मक बन्देज लगाएको कारण प्रतिकिलो १५ रुपियाँका दरले बढेर अहिले प्रतिकिलो रु.८५ पुगेको छ । फलफुल, तरकारी र खाने तेलहरुको पनि मूल्य बढेको छ भने मिठाईहरुमा पनि मूल्य स्वत: वृद्धि गरिएको छ । 

सिमित आय भएका उपभोक्ताहरुका लागि दशैंको अवसरमा सरकारी स्तरमा "सुपथ मूल्य पसल" को व्यवस्था गर्ने गरिएकोमा यस पटकको दशैंमा त्यस्तो सुविधा हालसम्म पनि जनताले पाउन सकिरहेका छैनन् । माग र आपूर्तिका कारण बजार मूल्य वृद्धि हुने गर्दछ । सरकारी संयन्त्रले माग बढेको बेला आपूर्ति व्यवस्थापन गर्न भूमिका खेलिदिएमा मूल्य वृद्धि हुन पाउने थिएन । त्यस्तै, माग र आपूर्ति सन्तुलित अवस्थामा रहेकै बेला मौकाको फाइदा उठाउँदै मुनाफाखोरहरुले कृतिम अभाव सृजना गरि गर्ने गरेको मूल्य वृद्धि तर्फ कडा अनुगमन गर्दै वास्तविक मूल्यमा उपभोक्ताले वस्तु खरिद गर्न पाउने व्यवस्था सम्बन्धित सरकारी निकायहरुबाट मिलाइनु पर्दछ । 

No comments

Powered by Blogger.