Add

Add

देशको आर्थिक गन्तव्य


विगत लामो समय देखि देशमा राजनैतिक उथलपुथल र अस्थिर सरकारहरुले कुर्सीमा जाने र कुर्सी बचाउने खेलमा नै आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेकै कारण सर्वसाधारण जनताहरुले राजनैतिक व्यवस्था परिवर्तनको फल कस्तो हुन्छ अझै महसुस गर्न पाएका छैनन् । देशमा हालै सम्पन्न तीन तहकै चुनावहरुबाट तिनै तहका अधिकांश पदहरुमा नेपाल कम्युनिष्ट पार्टीको स्पष्ट बहुमत सहित स्थायी सरकारको रुपमा सत्तामा रहेको छ । सत्तामा रहेको पार्टीले नै अब राजनैतिक अन्योल समाप्त भएको र देश अब समृद्धिको बाटोमा लागेको भनेर बताइरहँदा देशको आर्थिक सूचकांककरुले त्यति धेरै आशावादी बनाउन भने सकिरहेको छैन । 

राजनैतिक संरचनाहरुमा भएका परिवर्तनले विकास बजेट भन्दा साधारण खर्च बढेको छ । दातृ संस्था तथा राष्ट्रहरुबाट आउने सहयोग अनुदान भन्दा ऋणको मात्रा बढी छ । आयात-निर्यात बिचको खाडल झन् झन् फराकिलो हुँदै गइरहेको छ । विप्रेषण आय र पर्यटन आम्दानी घट्दो स्थितिमा छ । बैंक तथा वित्तीय संस्थाहरुसंग ऋणयोग्य साधनको कमि रहेको छ । भ्रष्टाचार नियन्त्रणमा आउन सकेको छैन । 

वर्तमान सरकारले सत्ता सम्हालेको धेरै महिना नभएतापनि जनताले महसुस गर्ने गरि देशमा समृद्धिको बाटो तर्फ कदमहरु बढेको देखिदैन । सरकार के कुरामा अल्मलिएको छ ? जनताले बुझ्न सकिरहेका छैनन् । जनताहरु चीनबाट रेल आउने कुरामा भन्दा मेलम्चीबाट पानी आउने कुराको आशा गरेर बसेका छन् सरकार ! 

No comments

Powered by Blogger.