Add

Add

राज्य सत्तालाई "म्युजिकल चेयर" नबनाइयोस् !


यस पटकको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा प्राय: साबि दलहरु र उम्मेदवारहरुले देशको विकास र समृद्धिलाई नै आफ्नो प्रमुख एजेण्डाको रुपमा जनता सामु प्रस्तुति गरेका थिए ।जनताहरु पनि झन्डै १० वर्ष देखि चल्दै आएको सत्ताको फोहोरी गठबन्धनहरुबाट वाक्क दिक्क भई एकल बहुमतिय सरकार आवस् र त्यसले देश विकास र समृद्दिको बाटोमा देशलाई डोर्याउँदै देशमा व्याप्त डर लाग्दो वेरोजगारीलाई न्यूनीकरण गरोस् भन्ने चाहनामा थिए । अहिले चुनावको परिणामले पनि जनताको चाहना मतमा पोखिएको प्रष्ट देखिन्छ । 

तत्काल सरकारको प्राथमिकता सडक मर्मत तथा विस्तार, विधुत उत्पादन, कृषि उत्पादन, देशमा उपलब्ध स्रोत साधनमा आधारित औधोगिक उत्पादन, पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास तथा पर्याप्त रोजगारीको सृजना तर्फ हुनु पर्ने देखिन्छ । प्रकृतिले वरदान स्वरूप नेपाललाई प्रदान गरेको मनमोहक हिमशृंखला, चिसो पहाड, हरियो र स्वच्छ वातावरणबाट बढी भन्दा बढी पर्यटकहरुलाई आकर्षण गराउन सकिन्छ । संसारको जलस्रोतमा दोस्रो धनी देश नेपालले कम्तिमा आफूलाई चाहिने जति विधुत पनि उत्पादन गर्न नसक्नु लज्जाको विषय हो । 

त्यस्तै, फलफूल र दुग्ध उत्पादनको लागि उपयुक्त हावापानी र घाँसपातको प्रचुरता हुँदा हुँदै अरबौंको फलफूल र दुधजन्य खाध पदार्थ विदेशबाट आयात गर्नु पर्ने अवस्था छ । यसप्रकार आफू संग स्रोत साधन र प्रचुर सम्भावना हुँदाहुँदै पनि विदेशीको मुख ताक्नु पर्ने प्रथाको अन्त्य हुनुपर्छ भन्ने हाम्रो धारणा र माग हो । अन्त्यमा चुनावको लागि गरिएको गठबन्धनले सहिमार्ग र दिगोपनामा अटलता कायम गरोस साथै राज्य सत्तालाई अब फेरी पनि "म्युजिकल चेयर" बनाउने गल्ति सत्ताधारीहरुबाट नदोरियोस ! शुभकामना !!!

No comments

Powered by Blogger.