Add

Add

बालबालिकाहरु अझै कुपोषणको सिकार





मकवानपुरको विकट क्षेत्रमा अझैपनि धेरै संख्यामा बालबालिकाहरु कुपोषित रहेको हेटौंडामा आयोजित एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामाविपद, भूकम्प पश्चात गरिने पोषण सम्बन्धी पूनर्लाभ कार्यक्रममा सहभागिहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुखले गरिबीका कारण कुपोषणको सिकार बनेका बालबालिका सम्म यो कार्यक्रम पु¥याउनु पर्ने बताउनुभएको थियो।

पोषणलाई प्रभावकारी रुपमा अगाडी बढाउनका लागि जिल्लाका सरोकारवाला निकायहरु लाग्नका लागि पनि उहाँले आग्रह गर्नु भएको थियो। जिल्ला जनस्वास्थ्य कार्यालय मकवापनुरका प्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मकवानपुर जिल्लामा पोषणको स्थितीका बिषयमा जनाकारी गराउने, पोषण सम्बन्धी पूनर्लाभ कार्यक्रमका बारेमा प्रस्तुतीरकण समेत गरिएको थियो । 







No comments

Powered by Blogger.