Add

Add

बैंक खाता बन्द गर्न पनि पैसा लाग्ने

अब बैंक तथा वित्तिय संस्थामा खोलेको खाता बन्द गर्न पनि पैसा तिर्नुपर्ने भएको छ ।यस अघिको व्यवस्थामा बैंक खाता बन्द गर्दा शुल्क तिर्नुपर्र्दैन थियो । तर, बैंकहरुले विभिन्न वहानमा शुल्क लिदै आएका थिए ।नेपाल राष्ट्र बैंकले जारी गरेको  एकिकृत निर्देशिका अनुसार बैंक खाता खोलेको ६ महिनाभित्र खाता बन्द गर्दा शुल्क तिुर्नपर्ने नीतिगत व्यवस्था गरेको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले शुल्क नलिएका कारण ग्राहकले खाता खेल्दै, बन्द गर्दै गर्ने गरेका कारण आफूहरुको लागत बढेको गुनासो बैंक तथा वित्तिय संस्थाहरुले गर्न थालेपछि राष्ट्र बैंकले यस्तो निर्णय सार्वजनिक गरेको बुझिएको छ। एकिकृत निर्देशिकाका अनुसार इजाजतप्राप्त संस्थाले निक्षेप खाता खोल्दा, चेक जारी गर्दा, खाता सञ्चालन गर्दा, खाता खोलेको ६ महिनापछि खाता बन्द गर्दा, बैंक स्टेटमेन्ट लिँदा वा प्राकृतिक व्यक्तिको हकमा २ लाख रुपैयाँसम्मको एबीबीएस सेवा प्रदान गर्दा ग्राहकबाट कुनै पनि किसिमको सेवा शुल्क लिन नपाइनै बाताईएको छ । तर, ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा त्यस्तो शुल्क लिन बाधा पुगेको मानिने छैन । राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिमा लिएका नीतिहरु एकिकृत निर्देशिकामार्फत् कार्यान्वयनमा लाग्ने गरेको छ ।  





No comments

Powered by Blogger.