Add

Add

भारी वर्षाले पनि कुलेखानी जलाशय भरिएन

वर्षायाम सकिनै लाग्दा पनि साथै साउनको अन्तिम सातामा परेको भारी वर्षाले जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी, गढी र बकैया गाउँपालिकाका अधिकांश बस्ती डुबानमा परि बाढी पहिरोले धनजनको ठूलो क्षति हुँदा पनि कुलेखानी जलाशयमा भने भरिएको छैन । जिल्लाको तल्लो भेगका बासिन्दा बाढीको चपेटामा पर्दा पनि कुलेखानीको जलाधार क्षेत्रमा वर्षा नहुँदा पानीको सतह बढ्न नसकेको सम्बन्धित पक्षले जनाएको छ । 
विद्युत उत्पादनको प्रमुख मध्येको एक रहेको  कुलेखानी जलाशयमा वर्षायाममा पनि मानेको मात्रा नबढ्नुले चिन्ताको विषय थपेको र यसले लोडसेडिंग बढ्न सक्ने संकेत दिएको सम्बन्धित पक्षको दाबि रहेको छ ।
आजभोली कुलेखानी जलाशयमा प्रतिघण्टा एक सेन्टिमिटर पानी संकलन हुने गरेको कुलेखानी आयोजना प्रमुखले बताउनु भएको छ भने गत वर्षको यही समयमा १ हजार ५ सय १७.२५ सेन्टिमिटर पानीको सतह रहेको र यसपाली साउनको अन्तिम सातामा मुलुकभर भएको भारी वर्षाको समयमा पनि कुलेखानी जलाशयमा २ दिनमा चार मिटर मात्रै पानीको सतह बढेको पनि उहाँले जानकारी दिनु भयो। गतसाल पानीको मात्रा १ हजार ५ सय ८.१२ सेन्टिमिटर थियो । १ हजार ५ सय ३० मिटर पानीको सतह अट्ने क्षमता रहेको उक्त जलाशय गत वर्ष पनि पानी नभरिएको सम्बन्धित निकायले जानकारी दिएको छ । साथै भूकम्पले जलाशयको बाँध चर्केकाले पनि कुलेखानी जलाशय शतप्रतिशत नभर्न प्राविधिकहरुले सुझाव दिएको बुझिएको छ। 
सात किलोमिटर लम्बाइ र ३ सय मिटर चौडाइ रहेको जलाशयमा संकलन गरिएको करिब ४६ मिटरसम्मको पानी मात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ । कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा व्यवस्थापन गर्न संरक्षित क्षेत्र घोषणा गर्न ढिलाइ गरिएकाले पनि इन्द्रसरोवरमा नकारात्मक प्रभाव परेको प्राविधिकहरुको दाबी रहेकोछ । जलाधार क्षेत्रलाई व्यवस्थापन गर्न ९ वटा उपजलाधार क्षेत्र विभाजन गरेर व्यवस्थापन गर्ने कार्ययोजना रहेको छ । जलाशयमा संकलित पानीबाट कुलेखानी पहिलो र दोस्रो आयोजना सञ्चालन हुँदै आएका छन् । कुलेखानी तेस्रो पनि यही जलाशयमा निर्भर छ । 
कुलेखानी जलाधार क्षेत्रको संरक्षण नहुँदा पानीका मुहानहरू सुक्दै जाने र अर्कोतिर जलाशयको पिँधमा गेग्रिङ र माटो जम्मा भएर पिँधको सतह बढ्दै गएको बुझिएको छ। जलाशयको पिँधको सतह बढ्दै गएकाले विद्युत् उत्पादनमा पनि र्‍हास आएको प्राविधिकहरु बताउँछन्। प्राविधिकका अनुसार २५.३१ लाख घनमिटर पानी अट्ने क्षमतामा हास आएको छ । 


No comments

Powered by Blogger.