बाढीपहिरोले आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पार्न सक्ने
केहि दिन अघिको बाढीपहिरोका कारण मुलुकको आर्थिक
वृद्धिको लक्ष्य पूरा हुन नसक्ने अवस्था सिर्जना भएको विज्ञहरु बताउँछन् ।
बाढीपहिरोका कारण भएको क्षतिको एकिन विवरण सार्वजनिक भइनसके पनि आर्थिक वृद्धि
खुम्चनसक्ने जानकारहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकले यसको प्रारम्भिक संकेत गरे
पनि अन्य सरकारी निकायहरूले यससम्बन्धमा आधिकारिक धारणा भने सार्वजनिक गरिसकेका
छैनन् । चालू आवको सुरुवातसँगै मनसुनी वर्षा, भूक्षय भूक्षय तथा तराईमा आएको बाढी र
डुबानले ठूलो धनजनको क्षति भएकाले आर्थिक वृद्धिदर नै खुम्चिने संकेत देखिएको हो ।
सरकारले चालू आव (२०७४/७५) मा ७.२ प्रतिशत  आर्थिक वृद्धिदर हासिल
गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।
यसैलाई आधार मानेर चालू आर्थिक वर्षको समष्टिगत
अर्थतन्त्र उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले हालैको बाढी र डुबानले १ खर्ब
रूपैयाँभन्दा बढीको नोक्सानी भएको बताएको छ । साथै मनसुनकै कारण सरकारले  प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य खुम्चने संकेतड देखिएको केन्द्रीय
बैंकले अनुमान रहेको छ । सरकारको आधिकारिक एकीकृत तथ्यांक तयार भइनसके पनि हालसम्म कृषि, सिँचाइ, पशुपालनलगायतका
क्षेत्रमा पुगेको क्षति नै ५० अर्ब नजिक भइसकेको उल्लेख छ । मूलतः नेपालको
अर्थतन्त्रमा धानको उत्पादनले प्रत्यक्ष प्रभाव पर्ने र यसपटकको मनसुनले
धानबालीमासमेत क्षति पु¥याएकाले
असर बढ्ने अनुमान गरिएको छ । तर, कतिपयले भने डुबान क्षेत्रमा धान उत्पादन अझै
बढ्नसक्ने अनुमान पनि गरेका छन् ।
गत आर्थिक वर्षमा हासिल भएको ७.५ प्रतिशतको आर्थिक
वृद्धिदर आव ०५०/०५१ देखिपछिको उच्चत्तम भएको राष्ट्रबैकको ठहर छ । यद्यपि, केन्द्रीय तथ्यांक
विभागले भने गत वर्ष ६.९ प्रतिशत वृद्धिदर हासिल भएको जनाएको छ ।  यसवर्ष बाढीपहिरो तथा डुवानले मानवीय, पशुपंक्षी, पूर्वाधार तथा उर्वर भूमिमा ठूलो क्षति पु¥याउँदा
अर्थतन्त्रको उत्पादन क्षमतामै प्रतिकूल प्रभाव पार्ने जोखिम देखिएको राष्ट्र
बैंकले जनाएको छ । बाढीले वर्षे धानको उत्पादनमा पार्ने प्रभाव तत्काल आंकलन गर्नु अपरिपक्व
हुने राष्ट्र बैंकको निश्कर्ष छ । आगामी दिनको मनसुनी वर्षाको अवस्था, राष्ट्रिय गौरवका
आयोजनाहरूको कार्यान्वयन र भूकम्पले क्षति पु¥याएका राष्ट्रिय धरोहरको पुनर्निर्माणले
आर्थिक वृद्धिको परिदृष्य निर्धारण गर्ने राष्ट्र बैंकको ठहर छ ।
बाढीले सिँचाइ पूर्वाधारमा १२ अर्ब, धानबालीमा ४ अर्ब र
पशुपंक्षी क्षेत्रमा १० अर्ब रूपैयाँको क्षति पुगेको प्रारम्भिक अनुमान छ । बाढी
पहिरोले उपभोक्ता पनि मूल्यवृद्धिको मारमा पर्नसक्ने देखिएको छ । राष्ट्र बैंकको
तथ्यांकअनुसार वित्तीय घर्षणमा पछिल्लो समयमा उल्लेख्य सुधार भएको छ । निक्षेप तथा
कर्जाको वृद्धिबीच रहेको अन्तराल खुम्चिएको छ । सुविधाजनक स्थितिमा रहेको मौद्रिक
तरलताले वित्तीय अवस्था सहज बनाएको र बजार ब्याजदर बढ्ने क्रम रोकिएको बैंकको भनाइ
छ । 
 
 
 
 
 
 
 

No comments