Add

Add

सुरक्षित सहकारी नाफामा



विगतमा झन्डै रु २० लाख घाटामा रही सदस्यहरुको बचत भुक्तानी गर्न असक्षम अजरअमर रोड़ स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्था आर्थिक वर्ष २०७३/७४ मा नाफामा आएको छ । मकावानापुरका प्रख्यात उधमी नवराज अर्याल लगाएतको नयाँ समूहले उक्त सहकारीमा नयाँ लगानी सहित व्यवस्थापनको जिम्मा लिएको थियो । नयाँ समूहले जिम्मा लिएको १८ महिना भित्र नै पुरानो घाटा पूर्ति गर्दै गत आषाढ मसान्तमा नाफामा गएको छ ।

हाल संस्थाको चुक्ता पूँजी ९९ लाख,बचत परिचालन २ करोड ६९ लाख तथा कर्जा ३ करोड ६१ लाख रहेको छ साथै सदस्य संख्या ५८७ पुगेको छ । 



No comments

Powered by Blogger.