बिदामा फर्केकाको समेत श्रम स्वीकृति रोकियो
खाडीमा कार्यरत घरेलु कामदार
(हाउसमेड) लाई पुन: सोही ठाउँ फर्कन नपाउने गरी सरकारले पुन: श्रम स्वीकृति दिन
प्रतिबन्ध लगाएको छ । यो निर्णयले बिदामा आएका कामदार कार्यस्थल फर्कनबाट वञ्चित
भएका छन् । 
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध
तथा श्रम समितिले घरेलु कामदारसम्बन्धी निर्देशिका कार्यान्वयनमा प्रतिबन्ध
लगाएपछि श्रम मन्त्रालयले सबै प्रकारका घरेलु कामदारको श्रम स्वीकृति रोकेको हो ।
यो निर्णयले खाडीमा कार्यरत झन्डै एक लाख घरेलु कामदार प्रभावित बनेका छन् । भारतीय बाटो वा नेपालकै विमानस्थलमा सेटिङ गरी उनीहरू विभिन्न खाडी मुलुक पुगेका थिए । नेपाली दूतावासका अनुसार कुवेतमा २३ हजार, साउदी अरबमा ३५ हजार, ओमनमा ८ हजार, लेबनानमा ८ हजार, इराकमा २० हजार, यूएईमा १५ हजार, बहराइनमा १० हजार र कतारमा ३ हजार हाउसमेड कार्यरत रहेको अनुमान छ । खाडीमा घरेलु कामदार पठाउन रोकिएको साथै पुन: श्रम स्वीकृतिमा जाने महिला कामदार पनि रोकिएको विभागले जनाएको छ ।विभागले श्रम स्वीकृति नलिई अवैध बाटो खाडी मुलुक गएका महिला कामदार बिदामा आएका बेला वैध बनाउन पुन: श्रम स्वीकृति दिने व्यवस्था थियो । पुन: सोही देश जानुपरे विभागले दूतावासको सिफारिस खोज्दै आएको थियो । पुन: श्रम स्वीकृति लिने प्रक्रियामा चलखेल गरी जाँदै नगएकाले पनि लिन थालेपछि विभागले बन्द गरेको हो ।

No comments