Add

Add

आयलको मनपरी !


यस वर्ष मात्र आयल निगमले पटक पटक गरि ८ पटक इन्धनको भाउ बढाई सकेको छ । अन्तराष्ट्रिय बजारमा विभिन्न कारणहरुले इन्धनको भाउ बढ्ने क्रम रहकोले सोहि अनुरुप इन्धनको भाउ बढाउनु परेको आयल निगमको तर्क होला । तर अन्तराष्ट्रिय बजारमा तेलको भाउ घट्दा आयल निगमले भाउ नाघताएर निदाएर बसेको उपभोक्ताले सहँदै आएका हुन् । नेपाल आयल निगम, देशमा इन्धनको नियमित र सहज आपूर्ति होस् भन्ने उदेश्यले स्थापना गरिएको सरकारी संस्था हो । तसर्थ यसले नाफा भन्दा नि सेवाको भावनाले काम गर्नु पर्ने हो । 

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको समयमा निगमले मोल्ल्या नघटाउदा निगमलाई प्रशस्त नाफा हुन्छ । त्यसबेला संस्थालाई नाफा भयो भन्दै निगम कर्मचारीहरुलाई बोनस बाड्न थाल्छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि यहाँ पनि स्वत: मूल्य नघटाएर उपभोक्तालाई ठगेर आर्जन गरेको रकम नाफा भन्दै बोनस बाँड्नु कत्तिको उपयुक्त होला ? बरु यस्तो रकमलाई मूल्य समायोजन कोषमा जम्मा गरि पछी लगातार मूल्य वृद्धि भईरहँदाको समयमा मूल्यलाई वान्छित सीमामा राख्न उपयोग गर्नुपर्ने होइन र ? 

इन्धनको मूल्य बढ्दा ढुवानीको भाउ बढ्ने र चर्को ढुवानीले हरेक वस्तुको मूल्य बढ्ने निश्चित छ । वर्तमान सत्तामा आएदेखि अहिलेसम्म ४ पटक मूल्य वृद्धि भईसकेको छ । आर्थिक समृद्धि हाम्रो लक्ष्य रहेको भन्दै समृद्धिको नारा लगाई रहने दुई तिहाइ बहुमतको नजिक रहेको सरकारले मूल्य वृद्धिलाई रोक्न सकेन भने आर्थिक समृद्धि आकाशको फल मात्र हुनेछ । तसर्थ आयल निगमको मनपरी मूल्य वृद्धिलाई नियन्त्रण गर्न सरकारको ध्यान जाओस् भन्ने आम उपभोक्ताको माग रहेको छ । 

No comments

Powered by Blogger.