तराईका कृषि सामग्री पहाडमा
तराईमा प्रयोग गरिँदै आएका कृषिका
आधुनिक मेसिनरी सामानहरु पहाडमा भित्रिन थालेका छन् । कृषि क्षेत्रमा काम गर्ने
कामदारको अभाव भएसँगै विकल्पमा त्यस्ता सामग्री आउन थालेका विज्ञहरु बताउँछन् ।
गाउँका युवा विदेश पलायन र कृषि
क्षेत्रमा काम गर्ने कामदार अभावसँगै पहाडमा आधुनिक मेसिनको प्रयोग बढेको हो । धान
लगाउन, काट्न, भित्र्याउन, खनजोत गर्नलाई त्यस्ता सामग्रीको
प्रयोग गर्न थालिएको छ । हाते टेक्टर, थ्रेसर, टेक्टर, हार्भेस्टरलगायतका मेसिनरी सामग्री पहाडमा पनि छ्यापछ्याप्ती भेटिन
थालेका छन् । मकै छर्ने मेसिन, धान रोप्ने, चुट्ने, गोड्नेका साथै धान काट्नलाई
आधुनिक मेसिन प्रयोग गरिएको छ ।
पछिल्लो समय मकवानपुरक अधिकांश फाँटहरुमा
धान
पराल छुटयाउन थ्रेसर, ओसारपोसारमा टेक्टर र धान काट्न
(हार्भेस्टर) को प्रयोग बढदो छ । मकै, गहुँ, तोरी, धान लगाउन र भित्र्याउन त्यस्ता सामग्री बढी प्रयोग हुने मकवानपुरका
कृषकहरु बताउँछन् । खेताला लगाउनुभन्दा आधै सस्तो हुने भएकाले कृषकले आधुनिक
मेसिनरी सामग्री प्रयोग गर्न थालेका हुन् । आधुनिक मेसिनको प्रयोग भएपछि निरन्तर
कृषि पेसामा लाग्न सहज भएको कृषकहरू बताउँछन् ।


No comments