हालै आएको भीषण बाढी
र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा नेपालको पूर्वी तराईंमा
ठूलो संख्यामा मानिसहरु कुपोषणको शिकार भएका छन् ।
बाढीले घरमा रहेको
अन्नपात बगाएको, तरकारी तथा
फलफूल पानीमा डुबेर नष्ट भएको र घाँसपातको कमीले गाई–भैँसीले दूध दिनमा
कमी गरेको र आर्थिक अभाव भएका कारण धेरै मात्रामा तराईंवासीहरु गम्भीर कुपोषणको
शिकार भईरहेको बुझिएको छ । खासगरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धामा स्वच्छ खानेपानी र पौष्टिक आहार र गुणस्तरीय खाद्यन्नबाट
वञ्चित हुँदा  सो रोगको
समस्या देखिएको बुझिएको छ।
बाढीपीडितका लागि
सरकारी तथा गैरसरकारी तर्फबाट आउने राहतमा पौष्टिक तत्व नहुने र जीवन धान्ने खालको
मात्र राहत आउने गरेको बताइएको छ साथै उक्त भेगका खेतीयोग्य जमिन क्षतिग्रस्त भएको, अधिकांश बालुवाले पुरिएको, खेत बगरमा परिणत
भएको र नहरहरु क्षतिग्रस्त भएको बताइएको छ ।
Subscribe to:
Post Comments
                      (
                      Atom
                      )
                    
 
 
 
 
 
 
 

No comments