Add

Add

२२ अर्ब रुपैयाँले घट्यो आयात

गत फागुनमा विदेशबाट आयात हुने करिब २२ अर्ब रुपैयाँको सामान घटेको छ । चालू आर्थिक वर्षको फागुनमा ७० अर्ब ९२ करोड ३० लाख ८२ हजार रुपैयाँ बराबरको मात्रै वस्तु आयात भएको छ । माघमा चालू वर्षकै उच्च ९२ अर्ब ८७ करोड ६६ लाख ३२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएकोमा फागुनमा भने वित्तीय क्षेत्रमा तरलता (लगानीयोग्य रकम) अभावको असर देखिएको हो ।
वित्तीय क्षेत्रमा तरलता अभाव भएपछि केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रमा लगानी कडाइ गर्ने नीति अख्तियारी गरेको थियो । केन्द्रीय बैंकको सो नीतिले सवारी साधान आयातमा कडाइ गर्नुपरेको थियो ।
भन्सार विभागका अनुसार फागुनमा गरिएको निर्यात माघको तुलनामा केही बढी भए पनि अन्य महिनाको भन्दा कम हो । फागुनमा ६ अर्ब २ करोड ६५ लाख ८४ हजारको मात्रै वस्तु निर्यात भएको छ । आयात घटेर निर्यातमा सामान्य सुधार देखिएपछि फागुनमा आयात निर्यात अनुपात ११.७७ मा झरेको छ । यस्तो अनुपात माघमा भने १५.६९ थियो । फागुनमा मात्रै व्यापारघाटा ६४ अर्ब ८९ करोड ६४ लाख ९८ हजार रुपैयाँ भएको छ ।  विभागकाअनुसार चालू वर्षको ८ महिनासम्म ६ खर्ब २७ अर्ब ५२ करोड ९५ लाख २७ हजार रुपैयाँको वस्तु आयात भएको छ । यो आयात गत वर्षको ८ महिनाको तुलनामा ४३.२५ प्रतिशतले बढी हो ।

विभागकाअनुसार यसअवधिमा व्यापारघाटा गत वर्षको तुलनामा झन्डै आधाले बढेको छ । गत वर्ष फागुनसम्म ३ खर्ब ९४ अर्ब ९६ करोड १२ लाख रुपैयाँ कुल व्यापारघाटा भएकोमा यसअवधिमा ४६.६९ प्रतिशतले वृद्धि हुँदै ५ खर्ब ७९ अर्ब ३८ करोड ३३ लाख रुपैयाँ पुगेको छ । चालू वर्ष फागुनमा आयात घटेपछि आयात निर्यात अनुपात पनि घट्न पुगेको छ ।

No comments

Powered by Blogger.